यो कविता उनका लागि | Nepali Poem

यो कविता उनका लागि | Nepali Poem | Mahadev
Mahadev



यो कविता उनका लागि, जसले संसार बसाए,

काम, क्रोध, ईर्ष्या त्यागी, महानता आफ्नो देखाए।

सत्यको सधै गुनगान गाइ, पाठ सबैलाई सिकाए,

कालकोट सबै आफूले पिई, अमृत अरुलाई दिलाए।।


जसलाई संसार साराले, निलकण्ठ नाम दिलाए,

भोलेपनले भरिपूर्ण उनि, भोलेनाथ कहेलाए।

जसलाई भक्त साराले, केवल बेलपत्रले बोलाए,

यो कविता उनका लागि, जसले स्वयं ब्रह्मालाई पाठ सिकाए ।।


आत्महरूमा परमात्मा उनि, जसले पञ्चमहाभूत बनाए,

कालहरुमा महाकाल उनि, जसले जीवनदान दिलाए।

हामी सबैका पिता उनै, जसले ताण्डव नाच बनाए,

यो कविता उनका लागि, जसले परमानन्दको बाटो देखाए।।


पशुहरुका नाथ उनै, जसले पशुपतास्त्र बनाए,

जडिबुटीका पनि ज्ञानी उनै, उनी वैद्यनाथ केेहलाए।

भुतहरुका पनि नाथ उनै, उनी भूतनाथ केहलाए,

ईश्वरहरुमा महान उनै, उनी महेश्वर केहलाए,

यो कविता उनका लागि, जो विष्णुप्रिय महादेव केहलाए।।

Comments

Post a Comment

If you have any problems with us or anything, please comment us!

Popular posts from this blog

Top 12 Things To Do In Lock down

Oil Pulling : A method to throw-out Toxic waste from your body, improve digestion and reduce pimple..