अमेरिकी हेभी मेटल म्युजिक सलह लठ्याउन प्रयोग गरिने ।।



'सलह कक्रक्कै हुने अमेरिकी गीत संकलन गर्दै छौं


अमेरिकी हेभी मेटल म्युजिक सलह लठ्याउन प्रयोग गरिने ।।
सिन्धुली (कास)- कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल संगीतले सलहलाई लठ्याउने जानकारी पाएको उल्लेख गर्दै त्यस्तो गीत तथा संगीत झिकाउन लागिपरेको बताएका छन् । उनले 'सलह कीरा कक्रक्कै हुने अमेरिकी हेभी मेटल म्युजिक ब्यान्डको गीत संकलन भइरहेको जानकारी दिए। सिन्धुलीमाढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले स्थानीय तहले सलह नियन्त्रण गर्न सक्ने अवस्था नभएर ठूलो क्षति हुन थाले केन्द्रले बजेट पठाउने बताए । अहिलेसम्म स्थानीय तहले नै नियन्त्रण गर्न सक्ने खालको छ,' उनले भने, धेरै फैलिएर नियन्त्रणमा बजेट अपर्याप्त भयो भने पालिकालाई हामी बन्दोबस्त गर्नेछौं । सलह नियन्त्रणका लागि संगीत र गीत धेरै प्रभावकारी हुने चर्चा गर्दै मन्त्री भुसालले भने, 'मलाई अस्ट्रेलियामा बस्ने भाइले फोनमा सलह कीरा नियन्त्रणका लागि गीत र संगीत प्रभावकारी हुने भनेका छन्, त्यहीअनुसार गीत संकलन गर्न लागिएको छ । सलहले नियन्त्रणका विषयमा मन्त्रालय, प्रदेश र स्थानीय तहहरू के-के गर्ने भनेर चाडै निर्देशिका बनाउने पनि उनले बताए । मन्त्री भुसालले प्रदेश ५ सरकारले सलह किलोको २० रुपया र प्रदेशसभा सदस्यले एक सय रुपैयाँ दिन्छु भनेर बढाबढ गर्नु सुखद पक्ष भएको बताए।

Comments

Popular posts from this blog

Top 12 Things To Do In Lock down

Oil Pulling : A method to throw-out Toxic waste from your body, improve digestion and reduce pimple..