नेपालमा सलह किराले प्रवेश गर्‍यो । भारतसँग सीमा जोडिएका तीन जिल्लामा सलह प्रवेश गरेका हुन् । Nepal confirms locust attack!

Nepal confirms locust attack in some southern districts. The Ministry of Agriculture and Livestock Development has confirmed the entry of swarms of locusts that attack various crops in some southern districts of the country.
(Read the following article in Nepali!)

नेपालमा सलह किराले प्रवेश गर्‍यो । भारतसँग सीमा जोडिएका तीन जिल्लामा सलह प्रवेश गरेका हुन् ।
बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सहलको झण्ड भारतबाट प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको 
सम्बन्धित निकायका प्रमुख सहदेव हुमागाईँले जानकारी दिए।



शनिबार बिहान ७ देखि ८ बजेको बीचमा नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको जानकारी आएको छ । बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा  सहलको झुण्ड भारतबाट प्रवेश गरेको जानकारी आएको छ। नेपाल प्रवेश गरेको सलह कस्तो खालको सलह हो र संख्या कति छ भन्ने थाहा पाउनका विज्ञहरुले अध्ययन गर्नुपर्ने रहेको छ ।

मरुभूमि सलह हो वा अरु प्रकारको सहल हो भन्ने यकिन नभएको र यसबारे अध्ययन गरेपछि मात्रै थाहा हुने कृषि मन्त्रालय ले जनायो । ठूलो संख्यामा नरहेको प्रारम्भीक जानकारी रहेको र यी सलह आप्रवासी हुन सक्ने पनि कृषि मन्त्रालय ले जनायो।

पश्चिमबाट पूर्व तिर बहेको हावा केही दिनअघि अचानक दक्षिणबाट उत्तर तिर बहेकाले सहलको झुण्ड तितरवितर भएर नेपाल आएको हुन सक्ने कृषि मन्त्रालयको अनुमान छ ।

के हो त सलह किरा ?

सलह किरालाई अग्रेजीमा (लोकस्ट ) भनिन्छ । सलह उढ्दा  सुर्यको प्रकाश नै छेक्छ । धेरै मरुभूमि भएको स्थानमा यो किराको बढी प्रकोप हुन्छ । सलह किरा धेरै मात्रामा बथान भएर उड्छन् । जहाँ एउटा बथानमा करिब ४ करोड भन्दा बढी किरा हुने गर्छन् । आजभन्दा ७० वर्षअघि नेपालमा सलह किरा देखिएको थियो । हाल्साललै भारतमा पनि सलह किरा देखिएको थियो। 

कतिपय किराहरु निश्चित अन्नमा मात्रै लाग्छन् तर सलह किरा यस्तो प्रकारको किरा हो जसले हरियो बाली देख्नै हुँदैन । सलह किरले ३५ हजार व्यक्तिको खाना ४ घण्टामा खाइदिन्छ। भारत र नेपालको बोर्डर हुँदै सलह नेपाल प्रवेश गर्ने हुँदा भारत सरकारसँग पनि समन्वय गर्नु आवश्यक रहेको छ ।

न्यूनीकरण गर्न के गर्नुपर्ला ?

सलह किराको न्यूनीकरण गर्न निकै आबस्यक छ। यास्कालागी किसानहरु निकै सचेत हुनुपर्छ।  भर्सक विसाँधी प्रयोग नगरौ, तेतिकै धपाआउ। थप् जानकारीकालागी हामीलाई follow गार्नुहोला। 


Comments

Popular posts from this blog

Top 12 Things To Do In Lock down

Tik Tok banned in India ( Including other 59 chinese applications )